दुई साताको उपचारपछि स्वदेश फर्किए प्रधानमन्त्री

सैलुङअनलाइन संम्वाददाता
0 Shares
काठमाडाैं

सिंगापुरमा स्वास्थ्य उपचार गरेर प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् ।

थाई एअरवेजको जहाजबाट शुक्रबार दिउँसो १२ बजेपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लिएका प्रधानमन्धीलाई प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, गहृमन्त्री रामबहादुर थापालगायतले स्वागत गरेका थिए ।

उनी भदौ ५ मा दोस्रो पटक उपचरका लागि सिंगापुर गएका थिए । दुई सातासम्म सिंगापुरमा उपचारपछि पर्किएका प्रधानमन्त्री ओलीले विमानस्थलमा पत्रकारलाई कुनै प्रतिक्रिया दिएनन् ।

उपचारको क्रममा सिंगापुर रहँदा प्रधानमन्त्रीले दुई पटक भिडिओ कन्फरेन्सबाट मन्त्रिपरिषद बैठक चलाएका थिए ।

प्रधानमन्त्री ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा ‘प्लाज्मा फेरेसिस’ प्रक्रियाबाट मिर्गौलामा देखिएको ‘एन्टिबडी’ निराकरणको उपचार गरिएको थियो । बुधबार ‘प्लाज्मा फेरेसिस’को सातौँ चरण पूरा गरिएको थियो ।

प्रधानमन्त्रीको स्वास्थ्य स्थिति बुझ्न सिङ्गापुर गएका नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य (प्रस्तावित उपाध्यक्ष) वामदेव गौतम र महासचिव विष्णुप्रसाद पौडलले पनि उनीसँगै फर्किएछन् ।

प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य, स्वकीय सचिव राजेश ब्रजाचार्यलगायत सहभागी रहेका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया