हुम्लामा चिसोबढेसँगै भेँडापालक जाडो छल्न बेँसी झर्न थालेका छन् । उच्च हिमाली क्षेत्रमा अत्यधिक चिसो बढ्न थालेपछि भेँडीगोठ बेँसीतर्फ झार्न थालिएको हो ।
सात गाउँपालिका रहेको हुम्लाका सिमकोट, नाम्खा, खार्पुनाथ ,सर्केगाड,चंखिली,अदानचुलि र ताँजकोट गाउँपालिका भेँडापालक चरनका लागि हिँउदमा बेँसी झर्ने गर्छन् ।
२ हजार ९ सय मिटरभन्दा अग्लो पाटनमा भेडा चराउनु परेको हुम्ला जिल्लाका भेँडापालकको चिसो बढेकाले मङ्सिरदेखि बेँसीतिर झर्न थालेका भेडा पालक सिमकोट गाउँपालिका-२ ठेहेका कालु बोहराले बताए ।
भेडा चराउने गरेको हिमाली पाटन चुवा खोला यारी ह्याङसीमा चिसो बढ्न थालेपछि भेडापालक बेँसी झरेको नाम्खा गाउँपालिकाका भेँडापालक छेउकु तामाङले बताए ।
‘पाटनमा चिसोले सताउँदा सुक्खा चरीचरण क्षेत्र सकिँदै छ, पशु वस्तु मर्ने त्रास छ उत्तिकै रहेको पाइन्छ । चिसो छल्नका लागि बेसी झारेका बताउँदै सिमकोट गाउँपालिका २ का भेँडापालक गोरसिंह बोहराले भने, ‘झन्डै २ सयको सङ्ख्यामा रहेका भेँडाबाख्रालाई घरमा खाने दाना र घाँस छैन, चिसोले अत्यन्तै सकस बनायो । उनी जस्तै हुलाका अधिकांश भेडा पालक कृषकलाई चिसोले आफ्ना पशुवस्तुको सुरक्षा गर्न नसकिने चिन्ता छ ।’
लेकमा राखेका खसी, बाख्राले चिसोका कारण राम्रोसँग चर्न छोडेपछि बाध्य भएर बेसी झारिएको नाम्खा गाउँपालिकाका कृषक टाप्का तामाङले बताए । हुम्लाको सिमकोट नाम्खा खार्पुनाग गाउँपालिकाका सबैजसो गाउँ ठाउँका कृषकले लेकमा राखेका भेँडाबाख्रा, घोडाघोडी चिसोले बेसीतिर झारेका छन् ।
उच्च हिमाली क्षेत्रमा बस्न रुचाउने भेडाले धेरै चिसो पनि सहन सक्दैनन् र बढी गर्मी पनि मन पराउँदैनन् । त्यसैले गर्मी बढेपछि बेँसीबाट लेकतिर र हिउँदमा बेँसीतर्फ झार्नुपरेको बोहराले बताए ।