दक्षिण कोरियाको बुसान किम्हे शहरमा नेपाली चलचित्र ‘ए मेरो हजुर ३’ हेर्न दर्शक हाउसफुल भएको छ ।
काभ्रे रोशी गाउँपालिका–३ का ५४ बर्षीय मीना तामाङको उपचारको लागि आर्थिक संकलन स्वरुप तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसानको आयोजनामा जुन ९ आइतबार प्रर्दशन गरेको हो । ४ सय बढी दर्शक मुन्हावन हलमा चलचित्र हेर्न आइपुगेका थिए ।
मीना तामाङको दुबै मृगौला फेल भइ हाल उपचारको लागि अस्पतालमा छ । ‘आफू पनि बाँचौं र अरुलाई पनि बाच्न सहयोग गरौं’ भन्ने मुल नाराका साथ चलचित्र प्रदर्शन गरी आर्थिक संकलन गरेको आयोजकले बताए ।
कोरियाका बुसान, किम्हे क्षेत्रमा अहिलेसम्मकै यो भब्य दर्शक फिल्म हेर्न उपस्थिति भएको आयोजकको दावी छ । संकलित रकम आयोजकले खर्च कटाएर चाँडै नै नेपालमा बिरामीलाई प्रदान गर्ने प्रतिबद्धता गरेको छ ।
सार्वधिक दर्शकले रुचाएको चलचित्रमा कलाकार अनमोल केसी र नव नायिका सुहाना थापाको मुख्य अभिनयमा रहेका छन् । नायिका झरना थापाद्धारा निर्देशित चलचित्र नेपालभर दर्शकले मन पराएका थिए ।