साहित्यकार टीएन भट्टद्वारा लेखित ‘डेड सुक्रबिर’ बिहीबार सार्वजनिक भएको छ । प्रा.राजेन्द्र सुवेदीको प्रमुख आथित्यमा साहित्यकारहरुको उपस्थितिमा उपन्यास डेड सुक्रबिरको लोकार्पण भएको हो ।
प्रा.सुवेदीले उपन्यासमा चातुर्यपूर्ण रुपमा अति यथार्थवादी फ्रेमभित्र समाजको यथार्थलाई सुन्दर तरीकाले चित्रण गरेको बताए । कृति जेनेटिक इन्जिनियरिङको दृस्टिकोणबाट समेत महत्वपूर्ण रहेको भन्दै उनले यो उपन्यास नेपाली साहित्यको फाँटमा नयाँ प्रयोग भएको र यस्ता उपन्यासको आफ्नै विशिष्ट पहिचान हुने कुरा समेत बताए ।
मरेका हजारांै डेड सुक्रबिरको बीचमा एउटा नयाँ जीउँदो सुक्रबिर जन्माउन आतुर नारीपात्र र मरेका सुक्रबिरहरुको बीचमा जन्मिने बालकको भविष्यलाई लिएर भयभित भई गर्भाधान कार्यमा संलग्न हुन डराउने पुरूषपात्र बीचको द्वन्द हो, यो उपन्यास । नोटालिजमको प्रयोग भएको सायद यो एकमात्र उपन्यास रहेको समालोचक डा. यज्ञेस्वर निरौलाले बताए ।
कार्यक्रममा डा. नवराज लम्सालले नेपाली साहित्यको फाँटमा एउटा नयाँ आयाम थपिएको भन्दै पूर्वीय दर्शनसँग दाँजेर हेर्न सकिने बताए ।
यसैगरी साहित्यकार भुवनहरि सिग्देलले टीएन भट्ट ‘विश्वामित्र’को लेखन शैलीबाट आफूमा इष्र्या उत्पन्न भएको र यो नेपाली उपन्यासमा बिल्कुलै नयाँ प्रयोग भएकोले सबैले एकपटक पढ्नु पर्ने बताएका छन् ।
कृति नेपाली साहित्य लेखन शैलीका आधारमा नयाँ आयाम भएको समीक्षक उत्तम पौडेलले बताए ।
प्राध्यापन कार्यमा संलग्न टीएन भट्ट ‘विश्वामित्र’को यो दोश्रो कृती हो । यस अघि ‘सूर्यपुत्र’ कविता संग्रहका प्रकाशनमा ल्याएका थिए ।