द्वय महालक्ष्मी नगरपालिकाबीच भगिनी सम्बन्ध कायम हुने

शन्तबहादुर तामाङ
शन्तबहादुर तामाङ संवाददाता
77 Shares
ललितपुर

ललितपुरको महालक्ष्मी नगरपालिका र धनकुटाको महालक्ष्मी नगरपालिकाबिच भगिनी सम्बन्ध विस्तारबारे छलफल भएको छ ।

महालक्ष्मी नगरपालिका ललितपुरका मेयर रामेश्वर श्रेष्ठ र महालक्ष्मी नगरपालिका धनकुटाका मेयर परशुराम नेपालबिच भगिनी सम्बन्ध विस्तारबारे सैद्धान्तिक सहमति भएको हो । दुवै नगरपालिकाले कार्यपालिका बैठकबाट सम्बन्ध विस्तारबारे निर्णय गरेपछि द्विपक्षीय सम्झौता गर्ने कार्यक्रम तय हुनेछ ।

दुवै नगरपालिकाको पहिलो पटक भगिनी सम्बन्ध विस्तारका लागि छलफल प्रारम्भ गरेका हुन् । श्रेष्ठ र नेपालले सम्बन्ध विस्तारपछि एक अर्कामा भएका असल अभ्यास, प्रविधि तथा विभिन्न कार्यक्रम आदान प्रदान गर्ने बताए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका