गैरआवासीय नेपाली संघ एनआरएनए जापानको नवाैं अधिवेशन आज टोकियो स्थित नाकानो जेरो हलमा सम्पन्न भएको छ ।
अधिवेशन उद्घाटनको अवसरमा एनआरएनए जापानको २०१७-२०१९ को कार्यकालमा उत्कृष्ट कार्य गरेको भन्दै कार्य समिति सदस्य सृजना पाण्डेलाई उत्कृष्ट सक्रिय सदस्यमा रूपमा सम्मान गरेको छ । साथै कान्तो क्षेत्रका निवर्तमान संयोजक नबिन निउरे र क्युसु क्षेत्रिया संयोजक लक्ष्मन बानियालाई पनि उत्कृष्ट कार्य गरेको भन्दै सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अथिति जापानका लागि नेपाली राजदूत प्रतिभा राणा, एनआरएनए आईसीसी अध्यक्ष भबन भट्ट र एनआरएनए जापानका अध्यक्ष टासी लामाले सम्मान गरेकाे हो ।
आगामि कार्यकालका लागि पनि सचिव पदमा उम्मेदवार दिएकी सृजना पाण्डेले अन्तिममा आएर आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । एनआरएनए जापानलाई बाहिरै बसेर सहयोग गर्ने मनसायले आफ्नो उम्मेदवारी फिर्ता लिएको उनले बताइन् ।
अघिल्लो कार्यकालमा महिला सदस्यमा रहेर पाण्डेले आफ्नै संयोजकत्वमा जापानमा पहिलो पटक १६ वर्षभन्दा कम उमेरका बालबालिकाहरुको आत्मविश्वास, आत्मबल र वाक्प्रतिभा एवम् बालबालिकाहरूको क्षमता अभिवृद्धिका लागि बहुभाषिक बाल वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरेका थिए ।
त्यसैगरी उनकै अग्रसरतामा १०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् जापानले खेलकुद क्षेत्रमा महिलाहरुको सक्रियता तथा मनोबल बढाउनका लागि पहिलो महिला भलिवल प्रतियोगिता पनि आयोजना गरेका थिए ।