रसुवागढी नाकालाई व्यवस्थित गर्न सके देशकै समृद्धिमा टेवा पुग्ने प्रदेश ३ का भुमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री दावादोर्जे लामाले बताएका छन् । शुक्रबार कालिका गाउँपालिका- २ मा निर्माण हुन लागेको शीतभण्डारको शिलान्यास गर्दै मन्त्री लामाले सरकारले गरिव, भुमिहिन साना किसानको काम समयमै गरिदिने र कार्यालयमा सम्मान गर्ने परिपाटी नभएसम्म देशको समृद्धि नहुने बताए ।
करिव ३ करोड रूपैयाँको लागतमा बन्न लागेको शितभण्डारको शिलान्यास गर्दै उनले स्थानीयस्तरको स्याउ तरकारी, पशुजन्य उत्पादन, माछापालन जस्ता कृषि उपज उत्पादनमा जोड दिन अनुरोध गरे ।
धैबुङ कालिका साना किसान कृषि सहकारी संस्थाका अध्यक्ष विष्णु पौडेलका अनुसार ३ सय मेट्रिक टन क्षमताको शीत भण्डार २०७७ असार सम्म निर्माण सम्पन्न गर्ने गरि सक्ने जानकारी दिए । उनले ३ करोड ७० लाख ३५ हजार ३ सय ३५ लागत लाग्ने बताए ।