नेप्सेमा तीन कम्पनीको सेयर मूल्य समायोजन

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको सेयर मूल्य समायोजन भएको छ । नेप्सेले आज शुक्रवार ज्योति विकास बैङ्कको ११ प्रतिशत, एनएमबि लघुवित्तको २१.५० प्रतिशत र सूर्या लाइफ इन्स्योरेन्सको १२।७० प्रतिशत सेयर मूल्य समायोजन भएको हो ।

समायोजनपछि ज्योतिको सेयर मूल्य ४०३ रुपैयाँ १५ पैसा कायम भएको छ । एनएमबिको १ हजार ५३ रुपैयाँ ५० पैसा र सूर्याको ६३८ रुपैयाँ ८६ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी कम्पनीको सेयर मूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात् बिहीबार, दोस्रो बजारमा ज्योतिको सेयर प्रतिकित्ता ४४७ रुपैयाँ ५० पैसा, एनएमबिको १ हजार २८० रुपैयाँ र सूर्याको ७२० रुपैयाँमा अन्तिम कारोबार भएको थियो।

आइतबार दोस्रो बजारमा यी कम्पनीहरूको सेयर कारोबार खुल्दा यही समायोजित मूल्यलाई आधार मानेर खुल्नेछ ।

तपाईको प्रतिक्रिया