रसुवामा पनि मानव बेचविखन तथा ओसारपसार विरूद्वको दिवस मनाइयो

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

१३ औ राष्ट्रिय मानव बेचविखन तथा ओसारपसार बिरूद्व दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाएको छ। सोही अवसरमा रसुवामा पनि विशेष कार्यक्रम गरी मनाएको छ ।

गोसाइकुण्ड गाउँपालिका– ६ धुन्चेमा जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय रसुवाको आयोजनाले समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत मानव बेचविखन तथा ओसारपसार विरूद्वको कार्यक्रम गरेको हो ।

कार्यक्रममा प्रहरी प्रमुख भागेन्द्र पुरूष ढकाल, शसश्त्र प्रहरी २० नम्बर गुल्म धुन्चेका प्रहरी निरिक्षक होमनाथ नेपाल, नागरिक समाजका अध्यक्ष बाबुलाल तामाङ, समन्वय प्रमुख कुलप्रासद भट्ट लगायतले बेचविखन र ओसारपसार गर्नेलाई कानूनी कठघरमा पुयाएनुपर्ने बताएका थिए ।

बिद्यार्थी, शिक्षक, सुरक्षा निकायहरू, बुद्विजिवी, आमा समुह, लगायतले मानव वेचविखन तथा ओसारपसार विरूद्वको प्लेकार्ड सहितको बृहत् प्रभातफेरि कार्यक्रम सहित बजार परिक्रमा गरिएको थियो।

कार्यक्रमलाई माइती नेपाल र आओ ईन्टरनेन्सनलले सहयोग गरेका थिए ।

सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराईको अध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया