संरक्षणका अभावमा इतिहास मेटिँदै

सरस्वती न्याैपाने संवाददाता
रसुवा

रसुवाको गोसाईंकुण्ड गाउँपालिका वडा नं. ६ मा रहेका बौद्ध माने (म्हाने)हरू संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै जाने क्रममा छन् ।

धुन्चे बजारकै मुन्तिर रहेका ६ वटा मानेहरू करिब ५ सय वर्ष पुराना मानिन्छन् । पहिले मानिसहरू यही बाटो भएर रसुवागडी आवतजावत गर्ने गर्दथे । हिँडडुल गर्दा मानिसहरू मानेलाई दायाँ पारेर हिड्ने गर्दथे । तर, अहिले पासाङल्हामु राजमार्ग बनेपछि बाटो कम प्रयोगमा छ ।

तामाङ समुदायका आस्थाका धरोहर अबका पुस्ताहरूले बिर्सँदै गएमा इतिहास मेटिँदै जानेछन् । त्यसैले यसको संरक्षण र संवद्र्धन गर्नु जरुरी छ ।

तपाईको प्रतिक्रिया