तपोभूमि बडिमालिकामा केबुलकारको अध्ययन सुरु

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल बडिमालिकामा केबुलकार निर्माणका लागि सम्भावना अध्ययन सुरु गरिएको छ । बडिमालिका नगरपालिकाले केबुलकार निर्माणका लागि छलफल तथा सम्भाव्यता अध्ययन सुरु गरेको बडिमालिकाका नगर प्रमुख पदम बढुवालले जानकारी दिए ।

उनका अनुसार नगरपालिकाले विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गर्न चालु आर्थिक वर्षमा ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

पूर्वप्रारम्भिक अध्ययनले केबलकारको दूरी ४.८६ किलोमीटर हुनेछ । बडिमालिका १४ हजार फिट उचाईमा रहेको छ । यो समाचार आजको गोरखापत्र दैनिकमा छ ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका