मिस तामाङ ट्यालेन्ट राउन्ड सकियो

मालती मोक्तान संवाददाता
धनकुटा

प्रदेश स्तरीय मिस तामाङ प्रतियोगिताको बुधबार उर्लबारीमा ट्यालेन्ट राउन्ड सम्पन्न भएको छ । राउन्डमा प्रतियोगितामा सहभागीहरुले आआफ्नो कला प्रदर्शन गरेका थिए ।

गोरर्खा वाचका ब्राण्ड मेनेजर फुर्वा तामाङको प्रमुख आतिथ्यमा सम्पन्न ट्यालेन्ट राउणडलाई नेपाल ताम्बा संघका केन्द्रिय अध्यक्ष धावावाङगेल मोक्तानले टुङना र डम्फु बजाउदै सुरु गरेका थिए । उक्त ट्यालेन्ट सो प्रतियोगितामा सहभागीहरुबाट नृत्य, गायन, निबन्ध, हस्तकला लगायत प्रस्तत गरेका थिए ।

मिस तामाङको ग्राण्ड फिनाले आगामी भाद्र २८ गते धनकुटाको हिलेमा हुनेछ ।

तामाङ समुदायका युवतीको व्यक्तित्व विकास, आन्तरिक प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, संस्कार, संस्कृतिको उत्थान र प्रबर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा सहभागीहरुलाई बन्दसत्रमा राखेर विभिन्न प्रकारका जीवन उपयोगी तालिम तथा प्रशिक्षण प्रदान गरिएको छ ।

प्रतियोगितामा प्रदेश  नं १ का  तामाङ युवतीहरुको सहभागीता रहेको उर्लबारी नगर घेदुङका अध्यक्ष राजु घिसिङले बताए । ग्राण्ड फिनाले अघि झापाका बिर्तामोडमा भदौ २४ गते प्रतियोगिहरुको सहभागितामा सहित ‘फेसन शो’ को आयोजना गरिने आयोजकले जानकारी दिए । फेसन शो’मा गायक बुद्व लामासहित विभिन्न राष्ट्रिय कलाकारहरुको बेजोड प्रस्तुति रहने छ ।

मिस तामाङ ग्राण्ड फिनालेमा राष्ट्रिय स्तरका चर्चित कलाकार तथा कोरियोग्राफरहरुको सहभागीता रहने प्रतियोगिताको सहआयोजक नेपाल तामाङ  घेदुङ जिल्ला समन्वय समिति धनकुटाले जानकारी दिए ।

उर्लाबारी नगर घेदुङका आयोजना तथा नेपाल तामाङ  घेदुङ जिल्ला समन्वय समिति धनकुटाका सहआयोजनामा गत असार महिनाबाट प्रदेश नं.१ को तामाङ समुदायकी युवतीहरुलाई लक्षित गरि कार्यक्रम सञ्चालन भैरहेका छन् ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका