टानको अध्यक्षमा सुवेदी र महासचिवमा लामा विजयी

सैलुङअनलाइन
काठमाडाैं
PHOTO: काठमाडाैंपाटी

ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)को अध्यक्षमा खुमबहादुर सुवेदी विजयी भएका छन् । शुक्रबार काठमाडौंमा भएको निर्वाचनमा उनको प्रतिद्धन्दीमा अन्जान थापा उठेका थिए । सुवेदीले ५२१ मत पाए भने थापाले ४३८ मत पाएका थिए ।

त्यस्तै वरिष्ठ उपाध्यक्षमा नवीन त्रिताल, प्रथम उपाध्यक्षमा चोलेन्द्रबहादुर बस्नेत, द्वितीय उपाध्यक्षमा भरत सापकोटा निर्वाचित भएका छन् । उनीहरु सुवेदीको प्यानलबाट उम्मेदवार बनेका थिए ।

महासचिवमा सरिता लामा, सचिवमा दामोदर ढकाल, कोषाध्यक्षमा ऋतु ग्यामदान (तामाङ) निर्वा्चित भएका छन् भने सह कोषध्यक्षमा भने सूर्यकुमार श्रेष्ठले जित हासिल गरेका छन् । टानको महिला सदस्यमा ङिमा दिकी शेर्पा निर्वाचित भएकी छिन् ।

यसैगरी सदस्यहरुमा सोनाम ग्याल्जेन शेर्पा, सिक्बिर घले, कान्छा शेर्पा, सनम शेर्पा, प्रेम बहादुर लामा निर्वा्चित भएका छन् । ठाकुर प्रसाद सापकोटा, मिङमा तेञ्जिङ शेर्पा र रामबहादुर गुरुङले पनि टानको सदस्यमा जित हासिल गरेका छन् ।

निर्वाचित पदाधिकारीहरुको कार्यकाल दुई वर्षको हुनेछ ।

कार्यक्रममा नेपाल आदिवासी जनजाति पत्रकार महासंघ एवं नागरिकखबरका अध्यक्ष डण्ड गुरुङ, राससका सीबी अधिकारी, मेघा टेलिभिजनकी कल्पना महत, हिमालयन टाइम्सका अर्पण आले, योहो टेलिभिजनकी डोमा शेर्पा, अनलाइनखबर डटकमका अच्युत पुरी अनलाइनखबर र दियोपोस्ट डटकमका सुदीप बिक टान जर्नालिस्ट अवार्डबाट पुरस्कृत भएका छन् ।

उनीहरुलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सम्मान र पुरस्कार प्रदान गरेका थिए ।

तपाईको प्रतिक्रिया