भारतको चन्द्रयान- २ को सम्पर्क टुट्यो

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं
Google

भारतको चन्द्रयान- २ को सम्पर्क पृथ्वीबाट टुटेको छ । चन्द्रमामा अवतरण गर्नुभन्दा केही समय अगाडि सम्पर्क टुटेको भारतीय अन्तरीक्ष अनुसन्धान संगठन (इसरो) का अध्यक्ष के. सिवनले जानकारी दिए । उनले भने, ‘चन्द्रमाको सतहभन्दा २.१ किलोमिटरसम्म सबै सामान्य थियो, तर त्यसपछि सम्पर्क टुट्यो । अब डाटाको समीक्षा गरिँदै छ ।’

चन्द्रया-२ को विक्रम ल्याण्डर गएराति साढे १ बजेदेखि साढे २ बजेको बीचमा चन्द्रमामा अवतरण गर्ने बताइएको थियो ।

भारतीय अन्तरिक्ष वैज्ञानिकको उपलब्धी हेर्न र बैज्ञानिकहरुको हौसला बढाउन प्रधानमन्त्री नरेन्द्र मोदी पनि बैंगलुरुमा अवस्थित इसरोको मुख्यालय पुगेका थिए ।

प्राविधिक कारणले एक हप्तासम्म स्थगित गरिएको चन्द्रयानलाई भारतले गत साउन ६ गते अन्तरिक्षमा पठाएको थियो । यसैबर्ष इजरायलले पठाएको रकेट पनि चन्द्रमाभन्दा १० किलोमिटर पहिलासम्पर्क विहिन बनेको थियो । राती १ः५५ मिनेटमा चन्द्रमामा अवतरण गर्नुपर्ने थियो । तर वैज्ञानिकहरुले समय बदलेर १ः५३ बनाएका थिए ।

अहिलेसम्म चन्द्रमामा यान पठाउने ३८ प्रयास भएका छन् । ती प्रयासहरुमध्ये अहिलेसम्म ५२ प्रतिशत कोशिसहरु सफल भएका छन् । चन्द्रममा छुने पहिलो प्रयाश अमेरिका र सोवियत संघ रुसले सन् १९५८ मा गरेका थिए ।

तपाईको प्रतिक्रिया

पत्रपत्रिका