चालकमाथि दुव्र्यहार गरेको घटनाको छानबिन समिति गठन

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने
0 Shares
रसुवा

रसुवामा भाद्र १७ गते प्रहरीद्वारा सवारी चालकमाथि दुव्र्यहार गरेको घटनाको छानबिन समिति गठन गरेको छ ।

जिल्लास्तरमा समिति गठन गरेपनि गृह मन्त्रालयको निर्णयबाट त्यसलाई संशोधन गरी नयाँ छानविन समिति बनाएको उप-न्यायधिबक्ता चन्द्रकुमार पोखरेलले जानकारी दिए। ।

समितिमा संयोजक महान्यायधिबक्ता कार्यालय, रामशाहपथ काठमाण्डौंको उप-न्यायधिबक्ता चन्द्रकुमार पोखरेल, सदस्यहरु योजना, अनुगमन तथा प्रशासकिय अधिकृत डा.थानेश्वर भुषाल, गोसाइकुण्ड गाउँपालिका-२ का अध्यक्ष दावादोर्जे तामाङ, ब्यवसायी प्रतिनिधि कामीनुर्पु तामाङ र सहायक प्रमुख जिल्ला अधिकारी सपनाकुमारी भट्टराई रहेका छन् ।

उक्त समितिले १५ दिनभित्र छानविन गरी प्रतिवेदन पेश गर्नेछ ।

तपाईको प्रतिक्रिया