एचडी मोबइलको प्रस्तुतिमा सउलमा ‘डि काली रात्री’ आयोजना गर्ने भएको छ । राइजिङ स्टार ग्रुप दक्षिण कोरियाको आयोजनामा सेप्टेम्बर १३ आर्थत कोरियन चाड छुसक विदाको दोस्रो दिन रातभर हुनेछ ।
कार्यक्रमको आयोजकले प्रोमो भिडियो सार्वजानिक गर्दै ‘डि काली रात्री’ का लागि गायक तथा संगीतकार कालीप्रसाद बास्कोटा, गायक तथा नायक आशिफ शाह र युवा मनको ढुकढुकी ¥यापर मिस्टर डी आउने भएका छन् । साथमा डिजे क्रियाशन र डिजे सी म्यानसँगै झुम्न सक्ने छन् । गायक कालीप्रसादको म्युजिक ब्याण्डसहित आउने छन् ।
कार्यक्रम बेलुका ९ बजेबाट शुरु हुने आयोजकले बताएको छ । सउलको सिथे कोरिया बिल्डीङ छाङ्नाङ्नीमा हुनेछ । कार्यक्रमको लागि प्रवेश शुल्क पच्चीस हजार वन राखेको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1