भद्रगोल भएपछि जिग्री र पाँडेको टिम बाहिरिए

सैलुङअनलाइन
काठमाडाैं
PHOTO:

नेपाल टेलिभिजनबाट प्रसारित हाँस्य टेलिश्रृंखला भद्रगोलका टिम बाहिरिएका छन् । करिब ६ हप्तादेखि बन्द भएको भद्रगोल शुक्रबारबट नयाँ भागमार्फत नयाँ अनुहार देखा परेको छ ।

विभिन्न विवादको कारणले पुरानो टिम बाहिरिएपछि नयाँ टिमले भद्रगोललाई निरन्तरता दिन लागको हो । भद्रगोलका कलाकार एवं निर्देशकद्वय अर्जुन घिमिरे ‘पाँडे’ र कुमार कट्टेल ‘जिग्री’ सहितको २१ जनाको समूह यहाँबाट बाहिरिएका हुन् ।

पाँडे र जिग्रीसहित सागर लम्साल (बले), हरी निरौला (कक्रोच), मधुसुधन पाठक (सितेबा), रक्षा श्रेष्ठ, कमलमणि नेपाल (खुपीका बाउ), गोविन्द कोइराला जस्ता चर्चित्र पात्रहरु यहाँबाट बाहिरिएका हुन् ।

नयाँ भागमा ज्योती काफ्ले र अशोक धितालले संयुक्त रुपमा लेखन तथा निर्देशन गरेका छन् । भद्रगोलको प्रारम्भिक चरणमा मधेसी युवाको भूमिकामा उनले अभिनय गरेका थिए । उनले सोही भूमिकालाई निरन्तरता दिदै टेलिसिरियल सुरु गरेका छन् ।

कार्यक्रम उत्पादक मिडिया हबले नेपाल टेलिभिजनसित गर्ने वार्षिक सम्झौताको अवधि असार मसान्तमा सकिएको थियो ।

नयाँ सम्झौता गर्ने क्रममा भद्रगोलको कलाकार समुह र मिडिया हबबीच विविध विषयमा कुरा नमिल्दा नयाँ श्रृंखला उत्पादन हुन सकेको थिएन ।

एक एपिसोडको समयका लागि मिडिया हबले नेपाल टेलिभिजनलाई १ लाख ९७ हजार रुपैयाँ बुझाउनुपर्छ ।

बहिरिएका टिमले भने जेपिटी क्रियशन मार्फत नयाँ नाम तर उस्तै विषयवस्तु भएको हास्य टेलिशृंखला लिएर असोज दुई गतेदेखि नेपाल टेलिभिजन मार्फत आउने जानकारी दिए ।

तपाईको प्रतिक्रिया