विमलाको गीति एल्बम ‘मेरी आमा’ लोकार्पण

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

गीतकार विमला तुलाचनको गीति एल्बम ‘मेरी आमा’को लोकार्पण गरिएको छ । राजधानीको कमलादीस्थित नेपाल प्रज्ञा–प्रतिष्ठानमा विशेष समारोहका बीच एल्बमको लोकर्पण गरिएको हो ।

गीतकार सङ्घ नेपालको आयोजनामा भएको समारोहमा प्रमुख अतिथि सङ्घका सल्लाहकार, पूर्वमन्त्री तथा प्रतिष्ठित गीतकार एसपी कोइराला, गीतकार सङ्घ नेपालका कार्यवाहक अध्यक्ष शुभ मुकारुङ, विशेष अतिथि प्रतिष्ठीत कवि, गीतकार तथा साहित्यकार उषा शेरचन, अतिथिहरु पूर्वमन्त्री सुशिल शेरचन, गीतकार÷सङ्गीतकार आभाष, गायिका लाशिमीत राई, एल्बमका सङ्गीतकार वसन्त मुकारुङ, गीतकार विमला तुलाचन, निर्मल गौचनलगायतले एल्बमको लोकार्पण गरेका थिए ।

एल्बममा ‘कहिले खहरेझैं…’, ‘हाम्रो प्रेम अजम्बरी…’, ‘सुन मायालु…’जस्ता चार गीत समावेश गरिएको छ । एल्बममा रहेका गीतमा उदय सोताङ, मनिला सोताङ, रिमा गुरुङ हाडा, सत्यराज आचार्य र अञ्जु पन्तको स्वर रहेको छ । वसन्त मुकारुङको एकल सङ्गीत रहेको एल्बमका गीतमा सचिन सिंह, फणिन्द्र राई र नोर्बु शेर्पाको सङ्गीत संयोजन रहेको छ ।

सङ्घका कार्यवाहक अध्यक्ष शुभ मुकारुङको सभापतित्व र शिलु अधिकारीको उद्घोषणमा भएको समारोहमा एल्बममा रहेका दुई गीत ‘कहिले खहरे झै…’ र ‘मेरी आमा…’को भिडियो पनि देखाइएको थियो ।

समारोहमा एल्बम माथि समिक्षा लाशिमित राई र आभाषले गरेका थिए भने सुशिलमान शेरचन, उषा शेरचनले शुभकामना मन्तव्य राखेका थिए । वसन्त मुकारुङले धन्यवाद ज्ञापान गरेका थिए भने गायिका विमला तुलाचनले स्वागत मन्तव्य राखेकी थिइन ।

प्रमुख अतिथि एसपी कोइरालाले प्रमुख अतिथिको शुभकामना सहित मन्तव्य राख्दै एल्बममा रहेका गीत उत्कृष्ट रहेको बताएका थिए ।

कार्यक्रममा एल्बममा संलग्न सबैलाई मायाको चिनो प्रदान गरिएको थियो भने अतिथिहरुलाई पनि मायाको चिनो वितरण गरिएको थियो ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया