संविधान दिवसमा लगाउने टि-सर्ट सार्वजनिक

सैलुङअनलाइन
सैलुङअनलाइन संवाददाता
0 Shares
काठमाडाैं

असोज ३ गतेको संविधान दिवस मनाउन सरकारले राष्ट्रिय झण्डा अंकित टि-सर्टका नमूना शनिबार सार्वजनिक गरेको छ ।

राष्ट्रिय झण्डाको प्रयोग बढाउने बताएको सरकारले राष्ट्रिय झण्डा अंकित विभिन्न साइजका टिसर्टका नमूना सार्वजनिक गरेको हो ।

टिसर्टमा राष्ट्रिय झण्डालाई मुटुको माथि पर्ने गरी तीन वटा प्रकारमा कल्दर र बाहुलामा निलो रङ र अन्यत्र सेतो रङ भएका छन् । एउटामा भने सबैतिर सेतो रङको मात्रै छ।

संविधान जारी भएको दिन असोज ३ गते संविधान दिवस सरकारी, गैरसरकारी तथा संघसंस्थाको सहयोगमा विभिन्न कार्यक्रम गरी मनाउने सरकारको तयारी छ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका