पर्यटन क्षेत्रमा काम गर्ने मजदुरहरुको संगठन पर्यटन मजदुर समाज नेपालको प्रथम वार्षिकोत्सव सम्पन्न भएको छ । काठमाडौंको स्रोहखुट्टे नयाँबजारमा शनिबार संगठनको वार्षिकउत्सव सम्पन्न भएको हो ।
नेपाल एसोसिएसन अफ टूर तथा ट्राभल एजेन्ट्स (नाटा)का अध्यक्ष सीएन पाण्डेले आतिथ्यता गर्दै पर्यटन मजदुर समाज नेपालले छोटो समयमै उल्लेखनिय काम गरेकोमा प्रशांस गरे । उनले समाजले पर्यटन वर्ष २०२० लाई सफल बनाउन आफ्नो ठाउँबाट विशेष भुमिका खेल्न सक्ने बताएका थिए ।
कार्यक्रममा नेपाल टुरिष्ट भ्याकल एशोसिएसनका अध्यक्ष रामशरण काकी, प्रहरी नायब निरिक्षक मदनराज उपाध्याय, सगरमाथा इन्स्युरेन्सका प्रमुख विनोद थापा, नेपाल चाइनिज गाइड एशोसिएसनका उपाध्यक्ष कपिल क्षेत्री, राजन खनाल, चलचित्र विकास बोर्डका पूर्व सदस्य एवं बरिष्ठ अभिनेता उत्तम केसी, चलचित्र पत्रकार संघ उपाध्यक्ष गीता अधिकारी, गीतकार संघ नेपालका महासचिव वसन्त वित्यासी थापा, साहित्यकार शैलेन्द्र चापागाईं, निर्देशक सञ्जय पाण्डेलगायतले शुभकामना दिए ।
कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए भने समाजलाई सहयोग गर्ने विभिन्न संस्थालाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
समाजका अध्यक्ष राजकुमार अधिकारी कार्यकालमा गरेका कार्यहरुको विवरण प्रस्तुत गर्र्दै पर्यटन वर्ष २०२० लाई सफल बनाउन समाजले विशेष पहल गर्ने प्रतिवद्धता जनाएका थिए ।
एक वर्षमा समाजले ५६ जना मजदुरहरुको १० लाखको वीमा गरेको छ ।