वडास्तरीय हाजिरी जवाफ प्रतियोगिता सम्पन्न

नुवाकोट
PHOTO:

दुप्चेश्वर गाउँपालिका वडा नं.३ स्थित वडास्तरीय महिला संजालद्वारा आयोजित महिला हिंसा विरुद्ध तथा साक्षरता दिवसमा हाजिरी जवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

शनिबार सम्पन्न प्रतियोगितामा १३ वटा महिला समुहले भाग लिएका थिए ।

प्रतियोगितामा पुरानो गाउँ महिला समूह प्रथम, तल्लो हुङ महिला समूह दोस्रो र दोरदोरे महिला समूह तेस्रो भएका छन् । १० हजार, ६ हजार र ४ हजार बराबरको सामाग्री प्रदान गरेका थिए ।

पुरस्कारको लागि शेयर एण्ड केयर ९कजबचभ ७ अबचभ¬० संस्थाले सहयोग गरेको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष योबिन्द्रसिह तामाङले प्रतियोगिताले ज्ञान बढाउने बताउँदै महिला हिंसाहरु लुकाएर राख्न नहुने बताए । यसरी महिलाहरु एकता भई अगाडि बढेमा सामाजिक दायित्व सहित आर्थिक समृद्धिमा पुर्णता हुनेमा दुईमत नहुने अध्यक्ष तामाङले बताए ।

यसैगरी वडा नं. ३ का वडाध्यक्ष ध्रुवकर केसी, वडा सदस्यहरु भद्रबहादुर तामाङ, सबिना तामाङ लगायतले शुभकामना मन्तव्य दिएका थिए ।
कार्यक्रममा संजालकी अध्यक्ष एलिशा मोक्तान सभाध्यक्षतामा सम्पन्न भएको थियो ।

तपाईको प्रतिक्रिया