आज रातीदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिने

सैलुङअनलाइन
काठमाडाैं
PHOTO:

नेपाल टेलिकमले आफ्नो सेवालाई फोरजीमा अपग्रेड गर्न लागेकोले शनिबार रातीदेखि जीएसएम मोबाइल सेवामा समस्या देखिन सक्ने बताएको छ ।

कम्पनीले तत्कालै मुख्य शहररुमा फोरजी सेवा विस्तारका लागि विभिन्न प्राविधिक कामहरु गरिरहेको छ । टेलिकमले सूचना जारी गरी सेवामा समस्या आउन सक्ने बताएको हो ।

आगामी माघसम्म देशभर नै फोरजी सेवा विस्तार गर्ने गरी सेवा विस्तारको काम भइरहेको छ ।

शनिबार राति ११.३० बजेबाट मोबाइल सेवामा केही समस्या देखिन सक्ने कम्पनीले बताएको छ । सिस्टम अपग्रेड हुँदा सेवामा कुनै समस्या आए मोबाइल अफ गरेर पुनः अन गर्न कम्पनीले सुझाव दिएको छ ।

तपाईको प्रतिक्रिया