फोनिज बागमतीको अध्यक्षमा युवराज श्रेष्ठ

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाल आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज) बागमती प्रदेशको दोस्रो प्रादेशिक महाधिवेशनबाट २७ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ ।

बुधबार हेटौडामा भएको दोस्रो प्रादेशिक महाधिवेशनबाट अध्यक्षमा युवराज श्रेष्ठ लगायत सबै पदाधिकारी सर्वसम्मत चयन गरेका हुन् । उनीहरुलाई पद तथा गोपिनीयताको शपथ ग्रहण गराएका थिए ।

समितिको उपाध्यक्ष राजेश रुम्बा‚ उपाध्यक्ष (महिला) डोल्मा शेर्पा‚महासचिव श्याम राना मगर‚ सचिव (संस्थागत) राजु नापित‚ सचिव (सङ्गठन) शिशिर दोङ र कोषाध्यक्ष शङ्कर श्रेष्ठ चयन भएका हुन् ।

यसै गरी सदस्यहरू मिना श्रेष्ठ‚ कमला तामाङ (अस्मि)‚ पासाङ शेर्पा‚ पूर्णबहादुर मगर (विशाल)‚ उद्धवकुमार श्रेष्ठ‚ अर्बिन्द्रमान सिंह‚ सरोज लामा‚ पासाङ घिसिङ रहेका छन् । यस्तै संस्थागत सदस्य रवीन्द्र सिन्हाली मगर‚ दिक्कीडोल्मा शेर्पा‚ फुर्वा तामाङ‚ सञ्जय चौधरी‚ हिरालाल गुरुङलाई१ चयन गरेका छन् ।

लेखा समिति संयोजक राजेन्द्र मानन्धर‚ सदस्य दोलख गुरुङ‚राकेश चौधरी र अनुशासन समिति संयोजक बाबुकाजी श्रेष्ठ‚ सदस्य रिदेन महर्जन‚ रसिया श्रेष्ठ चुनिएका छन् ।

यस्तै सङ्घीय महाधिवेशन प्रतिनिधि पूर्णभक्त दुवाल, सम्झना श्रेष्ठ र पेमा लामा चयन गरिएको निर्वाचन अध्यक्ष मण्डलका संयोजक अमरध्वज लामाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया