बाजुरामा स्याउ १ रुपैयाँमा ३ दाना

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
बाजुरा

स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोटका महेन्द्रबहादुर शाहीको बारीमा १२ सय बोट स्याउ छन् । उनले स्याउखेती गर्न थालेको १५ वर्ष भयो । बारीमा लटरम्म स्याउ फल्छ । बजार नपाउँदा स्याउ खेर गइरहेको छ ।

उनले एक रुपैयाँमा तीन दाना दिने गरेका छन् । गाउँपालिकाले भने किलोको १५ रुपैयाँ निर्धारण गरेको छ । उनले भने, ‘बारीमा आएर किलोमा कोही किन्दैनन् । दानाकै हिसाबले बेच्छु ।’

लाखौं मूल्यको स्याउ खेर जाने उनले बताए । उनले भने, ‘किन्न कोही आउँदैन । बजार निकै टाढा छ । भरियालाई बोकाएर पुर्‍याउन सकिँदैन । स्याउ बस्तुभाउलाई कुँडो बनाएर खुवाउनु परेको छ।’

गाउँपलिकाबाट भारी बोकेर कोल्टी बजारसम्म पुग्न दुई दिन लाग्छ । कोल्ड स्टोर निर्माण र स्याउका अन्य परिकारबारे तालिम पाए केही सहज हुने अर्का किसान अनिल शाही बताउँछन् ।

गाउँका दुई सयभन्दा बढी किसानले स्याउ खेती गरेका छन् । प्रत्येक परिवारको बारीमा तीन सयभन्दा बढी स्याउका बोट छन्। स्वामीकार्तिक खापर गाउँपालिका ३ जुकोट, सोही गाउँपालिका १ र २ साप्पाटा हिमाली गाउँपालिका धिम, पाडी, जगन्नाथ गाउँपालिका साबिकको जगन्नाथ गाविस क्षेत्र र बुढीनन्दा नगरपालिकाकाको साबिकको पाण्डुसेन गाविसमा प्रशस्तै स्याउ फल्छ। अाजको अन्नपूर्ण पोष्टमा यो समाचार छापिएको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका