रेलिगेशनबाट बच्न पुलिस र बीबीसीबीच प्रतिस्पर्धा

सैलुङअनलाइन संवाददाता
काठमाडौं

सहिद स्मारक ‘ए’ डिभिजन लिगको आठौं चरणको अन्तिम दिन आज सोमबार एक मात्रै खेल हुँदैछ । दशरथ रंगशालामा दिउँसो १ बजे हुने खेलमा विभागीय टोली नेपाल पुलिस क्लब र ब्रिगेड ब्वाइज क्लब (बीबीसी) बीच प्रतिस्पर्धा हुनेछ ।

जारी शीर्ष डिभिजन लिगमा दुबै टोली रेलिगेशन जोनमा रहेका छन् । दुबै टोली आजको खेल जित्दै कम्तिमा रेलिगेशन दबाब घटाउन चाहन्छन् । पुलिस ७ खेलमा ६ अंक जोडेर ११औं स्थानमा छ । पुलिस युवा मिडफिल्डर राम चन्द्र बाजीको कप्तानीमा मैदान उत्रनेछ ।

युवा टोलीको बाहुल्यता रहेको बीबीसी रोशन राना मगरको कप्तानीमा मैदान उत्रनेछ । ब्रिगेड ७ खेलमा ५ अंक जोडेर १२ औं स्थानमा छ । जारी लिगमा मछिन्द्र शीर्ष स्थानमा रहेको छ ।

तपाईको प्रतिक्रिया