एमाले दोलखाको सचिवमा निर्वाचित हिरा थोकर: अनेरास्ववियुदेखि सचिवसम्म

सैलुङअनलाइन संवाददाता
दोलखा

नेकपा एमाले दोलखाको दशौँ जिल्ला अधिवेशनबाट सचिवमा हिरा थोकर विजयी भएका छन् । आइतबार भएको निर्वाचनमा उनले ४९६ मत ल्याएर विजयी भएका हुन् भने उनका प्रतिद्वन्द्वी होम पाठकले २ सय ७० मत प्राप्त गरेको छ ।

दोलखाको साबिक घ्याङसुकाठोर गाविस (हाल मेलुङ गाउँपालिका वडा नम्बर ३) मा जन्मिएका हिरा थोकरको राजनीतिक यात्रा २०४३ सालमा अनेरास्ववियु प्रारम्भिक कमिटीबाट सुरु भएको हो ।

२०४९ सालमा तत्कालीन प्रजातान्त्रिक राष्ट्रिय युवा सङ्घ नेपाल घ्याङसुकाठोकर गाउँ कमिटीको सचिव भएका थियो । २०५१ मा गाउँ पार्टी कमिटीको उपसचिव हुँदै थोकर २०५४ सालको घ्याङसुकाठोकर गाविस वडा नम्बर ५ को वडा अध्यक्षमा निर्वाचित भएको थियो ।

सशस्त्र द्वन्द्वको बेला तत्कालीन विद्रोही माओवादी पक्षबाट अपहरण पश्चात् केही दिनमा रिहा भएको थियो । २०६३ सालमा नेकपा एमाले जिल्ला कमिटी सदस्य‚ २०६४ मा युवा सङ्घ दोलखाको अध्यक्ष र  २०६७ सालदेखि हालसम्म जिल्ला कमिटी सचिवालय सदस्यको भई काम गरिरहेको छ ।

देश सङ्घीयतामा गइसकेपछि २०७४ भएको स्थानीय तहको निर्वाचनमा मेलुङ गाउँपालिका वडा नम्बर ३ को वडा अध्यक्षमा निर्वाचित भएका छन् ।

तपाईको प्रतिक्रिया