एमाले दोलखाको निर्वाचित उपाध्यक्ष राजेन्द्र मानन्धर : अनेरास्ववियु, पत्रकारिता अनि उपाध्यक्ष

सैलुङअनलाइन संवाददाता
दोलखा

नेकपा एमाले दोलखाको उपाध्यक्षमा राजेन्द्र मानन्धरले २ सय ७४ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी चौलागाँईले २ सय ६५ मत प्राप्त गरिएको छ ।

एमाले देशभर एकसाथ उद्घाटन भएको जिल्लाको अधिवेशनमा दोलखा निर्वाचन प्रणालीमा गएका थिए । आइतबार मतदान भएर सोमबार बेलुका मत परिणाम आएको हो ।

पत्रकारितादेखि राजनीतिसम्म

पत्रकारिता क्षेत्रका दोलखाकै अब्बल पत्रकारको रूपमा स्थापित मानन्धरले २०४७ सालमा विद्यार्थी जीवनबाट राजनीतिक यात्रा सुरु गरेका हुन् । मानन्धर गौरीशङ्कर बहुमुखी क्याम्पस चरिकोटको अनेरास्ववियु प्रारम्भिक कमिटीको सचिव हुँदै राजनीतिक यात्रा तय गरेका हुन् ।अनेरास्ववियुको जिल्ला सचिव, जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य बनेका थिए ।

मानन्धरले नेकपा माले गठन भएपछि २०५५ मा नेकपा माले दोलखाको सचिवालय सदस्य तथा कार्यालय सचिवको जिम्मेवारी सम्हालेका थिए । नेकपा माले र एमाले एकीकरण भएपछि मानन्धर एमालेको जिल्ला कमिटी सल्लाहकार सदस्य हुँदै तत्कालीन जिल्ला कमिटी सचिवालय सदस्यको जिम्मेवारीमा छन् ।

मानन्धर नेपाल पत्रकार महासङ्घ दोलखा शाखाको दुई कार्यकाल अध्यक्ष भएका थिए । उनकै कार्यकालमा सुरुवात भएको महासङ्घको भवन निर्माण योजना अनुरूप महासङ्घले एक तले भवन बनाएर हाल प्रयोगमा छन् ।

पत्रकारिता विषयमा स्नातकोत्तर गरिएका मानन्धर कान्तिपुर दैनिकको उपसम्पादक भएर करिब दुई दशक काम गरिसकेका छन् ।

दोलखाबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री बनेका पार्वत गुरुङ भएको सचिवालयमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सञ्चार विज्ञ भएर उनले काम गरेका थिए ।

तपाईको प्रतिक्रिया