मिर्गौला बिरामी तेजबहादुरलाई एनआरएनए अल कासिमको सहयोग

नवराज तामाङ सैलुङअनलाइन
अल कासिम, साउदी अरेबिया

दुवै मिर्गौला फेल तेजबहादुर तिमल्सिनालाई एनआरएनए अल कासिमले आर्थिक सहयोग गरेको छ ।

एनआरएनए कासिमले मिर्गौला बिरामी तिमिल्सिनालाई १ हजार ३२० साउदी रियाल (४१ हजार ६२७ रुपैयाँ) सहयोग गरेको सचिव ध्रुव कटुवालले जानकारी दिए । उनका अनुसार सहयोग रकम बिरामीकै खातामा पठाएका हुन् ।

बिरामी तिमल्सिना काभ्रेपलान्चोक, बेथानचोक गाउँपालिका-५, गुम्बा डाँडाका हुन् ।

` विगत केही समयदेखि दुवै मिर्गौलाले काम नगरेपछि  शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा तिमिल्सिना ज्यूको उपचार भइरहेको छ,´ सचिव कटुवालले भने,` उहाँको आर्थिक अवस्था अत्यन्त कमजोर भएको हुनाले संस्थाका सदस्य समीर केसी ज्यूको आग्रहमा हामीले सहयोग गरेको हो ।´

एनआरएनए अल कासिमका सचिव कटुवालले अन्य संघसंस्था वा व्यक्तिले सहयोग गर्न चाहेमा सदस्य केसीको मोबाईल नम्बर (0594785027) मा सम्पर्क गर्नसक्ने समेत बताए ।

 

तपाईको प्रतिक्रिया