सिन्धुपाल्चोकमा माछा मार्ने क्रममा करेन्ट लागेर तामाङको मृत्यु

सैलुङअनलाइन संवाददाता
सिन्धुपाल्चोक

सिन्धुपाल्चोक सुनकोसी-६ टिमुरेस्थित पाखर खोलामा १६ वर्षीय अमृत तामाङको माछा मार्ने क्रममा मृत्यु भएको छ ।

तामाङको मृत्यु करेन्ट सर्ट भई उनीसँगै माछा मार्न गएको साथी बुद्ध तामाङले बताएको रत्तनकोट निमाविका शिक्षक प्रेम लामाले जानकारी दिए । तामाङको मृत्यु बुधवार दिउँसो करिब ३स्४५ बजेतिर भएको हो ।

शिक्षक लामाका अनुसार लिसंखुपाखर-७ टिमुरेका मृतक तामाङ कोल्दोङ देवी माध्यमिक विद्यालय कक्षा १० मा अध्ययनरत थिए ।

मृतक तामाङका बुबा दावा तामाङ २ महिना अघि मात्र वैदेशिक रोजगारीका लागि साउदी अरब गएका थिए । मृतकको शव इलाका प्रहरी कार्यालय बाह्रबिसेमा पोस्टमार्टमका लागि लगिएको छ ।

तपाईको प्रतिक्रिया