सारेगामाप लिटिल च्याम्पमा जिग्मेछ्योकीको छलाङ‚ आमा भन्छिन्-भोट गर्नुहोस्

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नेपाली सुगम सङ्गीतका आयामहरू जो रियालिटी सोहरूमा साना नानीबाबुहरुले प्रस्तुत गरेका प्रस्तुतिहरूमा देखिएका छन् । यसैमा जिग्मेछ्योकी घिसिङको नाम अगाडि आउँछ । अहिले चलिरहेको सारेगामाप लिटिल च्याम्प नेपाल रियालिटी शोमा उनी अब्बल देखिएकी छन्।

शैलुङ गाउँपालि-१ दोलखाकी १३ बर्षीया घिसिङ सुरिलो आवाजकी धनी हुन् । लिटिल च्याम्प शोमा उनी अगाडी बढ्दै गर्दा भोटको भने आवश्यक भइरहेको उनकी आमा बसन्ती लामा बताउँछिन् ।

प्रतिभाशाली स्वरले भरिएकी साना नानीहरूको आवाजले सङ्गीत थप उचाइमा पुगेको महसुस हुन्छन् । घिसिङ जस्तै अन्य स्वरकी धनी यस मञ्चमा अटिएका छन् । अहिले जिग्मे सात जनासँग प्रतिस्पर्धामा उत्रिएकी छन् ।

उनलाईअहिले भोट र तपाई हाम्रो साथ र हौसलाको आवश्यकता परिरहेको आमा बसन्ती बताउँछिन् । आमा बसन्ती भन्छिन्‚ ‘अहिले हामीले साथ र हात दिनु जरुरी छ‚ यिनले शैलुङ दोलखाको नाम राख्नेछ र चिनाउनेछ ।’

घिसिङले यसअघिका प्रस्तुतिहरूमा टप भोटर‚ ‘परफमर अप वीक’ लगायत जितिसकेकी छन् ।

सङ्गीत सिकाउन गायक विनोद तामाङ लगायतको सहयोग गरिरहेको उनका आमा बसन्तीले बताइन् ।

सङ्गीत जीविकाको पथ र पेसा हो । नेपालमा मात्र नभएर संसारभरि नै अहिले सङ्गीतले जीवनयापनका निम्ति महत्त्वपूर्ण भूमिका खेलेको पाइन्छ ।

स्वर साधनाबाट गीत गाउन सिकेको घिसिङ बहुचर्चित गीतकार दर्पण राईको गीत ‘तिमीले बाटो फेरेउ अरे’ गाएर चर्चामा आएकी हुन् । उनले ‘तिमीलाई मनपराउनु मेरो गल्ती होइन’‚लगायतका गीतहरूमा स्वर दिइसकेकी छन् ।

उनी श्रीसंगीत पाठशालामा अहिलेसम्म पनि गायन कक्ष लिइरहेकी छन् ।

तपाईको प्रतिक्रिया