नाङसाल क्लबको नयाँ कार्यसमिति चयन‚ अध्यक्षमा दोङ

सैलुङअनलाइन संवाददाता
काठमाडौं

नाङसाल क्लब नेपालको पाँचौं अधिवेशनबाट अध्यक्षमा रत्नकुमार दोङ चयन भएको छ।

बिहीबार चुच्चेपाटीस्थित तामाङ घेदुङको सङ्घीय सभा हल भएको अधिवेशनबाट २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेका हुन् ।

क्लबको उपाध्यक्षद्वय डुप्साङ लामाखोर तामाङ र मिथिला स्याङतान तामाङ‚महासचिव राम बी।लामा लग्र्युङ‚सचिवत्रय मिलन तामाङ‚रोमा स्याङतान र पुष्पाञ्जली तामाङ‚ कोषाध्यक्ष सिर्जना दोङ चयन भएका छन् ।

यस्तै सदस्यहरू प्रबिता वाइबा‚ कृष्मा वाइबा‚ दुर्गा तामाङ‚ राजु भ्लोन‚ शङ्खु बमजन‚ सुनिता लामाखोर‚ बसन्ती तामाङ‚ सजनी तामाङ‚ चन्द्रकुमार दोङ‚ सोनी तामाङ‚ सबिता तामाङ‚ रीमा थिङ चयन भएका छन् ।

क्लबको नयाँ कार्यसमितिको कार्यकाल दुई रहनेछ ।

तपाईको प्रतिक्रिया