सामाजिक अभियन्ता राईको बिदाइ

नवराज तामाङ सैलुङअनलाइन
खोबार, साउदी

सामाजिक अभियन्ता रबिन थुलुङ राईलाई नेपाल आदिवासी जनजाति महासंघ साउदी अरेबियाको नेतृत्वमा बिदाइ गरेको छ । अभियन्ता राईलाई साउदीको खोबारस्थित खोटाङ हलेसी नेपाली रेस्टुरेन्टमा महासंघसँगै किराँत राई यायोक्खा(किराया), तमु धि, दिदीबहिनी समूह, लिम्बुवान सामाजिक मंच लगायतले बिदाइ गरेको हो ।

अभियन्ता राई महासंघ साउदीका उपमहासचिव हुन् , भने किरायाका कार्यवाहक महासचिव हो । एनआरएनए साउदीमा समेत विशेष भूमिका खेल्दै आएका राई पछिल्लो पटक पहिचानसहितको अधिकारका लागि लडिरहेका संस्थामा क्रियाशील थिए । उनलाई आदिवासी जनजाति महासंघ, किराया, किराया जेद्दा, तमु धी, दिदीबहिनी समूह, लिम्बुवान सामाजिक मंच, अन्नपूर्ण होटेल जुवेल लगायतले मायाको चिनो प्रदान गरेका थिए ।

अभियन्ता राईका बिदाइमा संघीय लोकतान्त्रिक राष्ट्रिय मंचका सचिवालय सदस्य श्री यावा लिम्बु, महासंघ साउदीका विधान संशोधन समितिका संयोजक ओम घले, तमु धिका अध्यक्ष खेम गुरुङ, किरायाका अध्यक्ष सिके चाम्लिङ लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

त्यस्तै बिदाइ कार्यक्रममा महासंघका महासचिव रोशन श्रेष्ठ, दिदीबहिनी समूहकी पुष्पा राई, अन्नपूर्ण नेपाली होटेल जुवेलकी संचालिका भिमा सुब्बा लगायत विभिन्न व्यक्तिहरूको उपस्थित रहेका थिए ।

डेढ दशकभन्दा धेरैको साउदी बसाइँलाई अभियन्ता राईले बिहीबार राती हिमालय एयरलाइन्सबाट बिट मार्दै छन् । राई खोटाङ, दिप्रुङ चुइचुम्म गाउँपालिकाका हुन् ।

विशेष कार्यक्रम गरेर बिदाइ गरेकोमा अभियन्ता राईले नेपाल आदिवासी जनजाति लगायत अन्य संघसंस्था एवं समाजसेवीहरुलाई धन्यवाद दिए । ` पछिल्लो पटक साउदीमा कोरोना संक्रमित बढ्ने क्रम जारी रहँदा पनि महासंघ, किराँत राई यायोक्खा लगायत अन्य संघसंस्था एवं समाजसेवीहरू उपस्थित भएर बृहत् बिदाइ गर्दा मन थाम्न सकिन,´ अभियन्ता राईले भने । ` साथीहरूसँग कोर्निस घुम्न जाने क्रममा साउदी यायोक्खको जम्बो टोलीसँग भेट भयो,` अभियन्ता राईले भने,` त्यसयता अहिलेसम्म किराया साउदीमा रहेर जातीय पहिचानका खातिर प्रवासबाट सक्दो सहयोग गर्नुका साथै हाम्रो संस्थाले विभिन्न कारण पीडित भएकाहरूलाई सहयोग गर्दै आएका छौं ।´

` नियमित जस्तै किरायाबाट सेवा प्रवाह गर्दै आउने क्रममा जातीय पहिचानका मुद्दा बोकेको संघसंस्थाको नेतृत्व गर्ने नेपाल आदिवासी जनजाति महासंघको खाँचो खड्कियो झअभियन्ता राईले भने,ञ खोजी गर्दै जाँदा पूरा महासंघ साउदीका सल्लाहकार, वरिष्ठ उपाध्यक्ष लगायतसँगको भेटघाट पश्चात् कोरोना महामारीकै बिच सन् २०२१ अगस्टमा पुनर्गठन गरियो ।´

महासंघमा रहेर थुप्रै कामहरू गर्ने मनसाय भए पनि कम्पनी भरपर्दो नभएपछि अभियन्ता राई साउदी अरेबियालाई बिट मार्न लागेको हो । साउदीमा गलत क्रियाकलाप गर्नेहरूको पर्दाफास गर्न पनि महासंघको खाँचो महसुस गरेको अभियन्ता राईको भनाइ थियो । उनले महासंघमा भौतिक उपस्थिति नरहे पनि अन्य सहयोगहरूका लागि सधैं तयार रहने बताए ।

अभियन्ता राई साउदीका विभिन्न सामाजिक कार्यमा अग्रसर छन् । उनी नेपाली दूतावासद्वारा आयोजित शिविरहरूमा पुगेर सहयोग गरिरहेका देखिन्थे । त्यस्तै अन्य संघसंस्थाहरुले गरेका प्रत्येक जस्तो उद्धार कार्यमा संलग्न भई रहने मध्येमा एक हुन् । साउदीमा रहेका नेपाली समुदायमा अभियन्ता राई नेपाल फर्किनु भनेको ठुलो क्षति हो । अभियन्ता राई जस्तो सामाजिक कार्यमा मरिमेटी लाग्ने अन्य व्यक्ति अन्य कोही नभएको यहाँ रहेका नेपाली समुदायको भनाइ छ ।

तपाईको प्रतिक्रिया