गायिका अन्जु भन्छिन्- ‘मेरो रूप यस्तै छन्’ (भिडियो)

सैलुङअनलाइन संवाददाता
काठमाडौं

गायिका अन्जु लामा थोकरको सेलो गीत ‘मेरो रूप’ को भिडियो सार्वजनिक भएको छ । गायिका लामाको जन्मदिनको पारेर बिहीबार श्रोता दर्शकमाझ भिडियो सार्वजनिक गरेका हुन् ।

हस्त तामाङको शब्द र सङ्गीतमा तयार पारिएको गीतमा एरेन्ज पवन वाङ लामाले गरेका छन् । भिडियो छायाङ्कन विक्रम मोक्तान र कोरियोग्राफर एवं निर्देशन अजय स्याङ्तानले गरेका हुन् ।

भिडियोमा गायिका लामाको फिचरिङमा सागर घिसिङले साथ दिएका छन् ।

गीतलाई दिपेश प्रधानको मिक्सिङमा सरगम स्टुडियोमा रेकर्ड गरिएको हो ।

सेलो जगतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल नाम हो अन्जु लामा । लामाका आङीकि छोरी, सुनसुन साथी, मायाको दौतारी, पल्लो त गाउँको, जात्तर च्याला बेनिला, गाउँ कि मैच्याङ आदि सबै दर्शकले रुचाइएका गीतहरू हुन् ।

तपाईको प्रतिक्रिया