टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्व चयनका लागि मतदान सकिएको छ । निर्वाचन समितिले निर्धारण गरेको समयअनुसार आइतबार बिहान १० बजेदेखि सुरु भएको मतदान साँझ ४ बजे सकिएको हो ।
अनलाइन भोटिङमार्फत गरिएको मतदानमा जम्मा ६३.५३ प्रतिशत मत खसेको निर्वाचन समितिले बताएको छ । २ हजार ५ सय ५५ मतदाता रहेको एनआरएनए जापानको आइतबार सम्पन्न निर्वाचनमा जम्मा १ हजार ६२३ मत खसेको थियो ।
मत परिणाम केही समयमा एनआरएनए जापानको वेबसाईटमार्फत सार्वजनिक गरिने समितिका संयोजक ओम गुरुङले जानकारी दिए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1