डेंगु रोगबारे रसुवामा सतर्कता अभियान

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

स्वास्थ्य कार्यालय रसुवाले डेंगु रोगबारे सतर्कता अभियान सुरू गरेको छ । जिल्लामा डेंगु रोग भित्रन नदिन सम्भावित जोखिम क्षेत्र पहिचान गरी निर्मूल पार्नको लागि यो अभियान सुरु गरेको जिल्ला स्वास्थ्यले बताइएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उतरगया गाउँपालिका को खाल्टे, मैलुङ, कालिका गाउँपालिकाको कालिकास्थान, धारापानि, वेतिनि, जिवजिवे र धुसेनि बढि जोखिममा रहेको छ ।

यस्तै नौकुन्ड गाउँपालिकाको भोर्ले, सरमथलि र पारच्याङ, गोसाईकुन्ड गाउँपालिकाको धुन्चे, भार्खु, स्याफ्रुवेशी र टिमुरे, आमाछोदिङमोको गोल्जुङ, चिलिमे लाई सम्भावित जोखिम क्षेत्र पहिचान गरिएका छन् ।

जिल्लामा अहिलेसम्म यो रोग नदेखिएको र सम्भावित क्षेत्रमा सचेत गराइएको जिल्ला स्वास्थ्य कार्यालय जानकारी दिए । सम्भावित जोखिम भनिएका ठाउँहरूमा स्थानिय सन्चारमाध्यामबाट सुचना प्रवाह गर्ने पर्चा, पम्प्लेट टाँस्ने लगायतका प्रचारप्रसार गरिनेसमेत जानकारी दिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका