एनआरएनए जापानको अध्यक्षमा देविलाल भण्डारी निर्वाचित

राम तामाङ संम्वाददाता
जापान
PHOTO:

गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानको नयाँ नेतृत्वमा देविलाल भण्डारी निर्वाचित भएका छन् ।

एनआरएनए जापानकाे नवौ महाधिवेशनमा नयाँ नेतृत्वका लागि भएको निर्वाचनमा भण्डारीले आफ्ना निकटतम प्रतिद्वान्ति वर्तमान अध्यक्ष टाशी वाङ्दी लामालाई ३२ मत अन्तरले पराजित गरेका हुन् ।

भण्डारीले ५८५ मत ल्याएर  बिजय हासिल गरे भने उनका  प्रतिद्वान्ति लामाले ५५३ मत प्राप्त गरे । उनका अन्य २ प्रत्यासी शिवप्रसाद पौडेलले २४० मत र दिनेश गुरुङले २३३ मत प्राप्त गरेका छन् ।

यसैगरी कार्यसमितिमा उपाध्यक्षमा अनिता गुरुङ निर्वाचित हुन सफल भएका छन् भने महासचिवमा जनक बिक्रम शाही र सचिवमा सचिन श्रेष्ठ र युवा संयोजकमा राम थापा निर्वाचित भएका छन् ।

सदस्यहरुमा राजेश खनाल, सुपेन्द्र घिसिङ्ग, बाबुराम खराल कटवाल, महेश कुमार, डिलाराम गैरे, सिबू थापा र जिन कुमार गुरुङ निर्वाचित भएका छन् ।

यस अघि नै केही पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध निर्वाचित भैसकेका छन् । निर्विरोध निर्वाचित हुनेमा आइसीसी सदस्य तुल्सीराम खरेल, डण्डापानी कँडेल, वरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, महिला उपाध्यक्ष सविता श्रेष्ठ (पहिलो), उपाध्यक्ष लक्ष्मण बानिया, नारायण कायस्था (दोस्रो), क्षेत्रीय उपाध्यक्ष दीपक केसी, महासचिव जनक विक्रम शाही, सचिव भानुप्रसाद घिमिरे र टिकाराम खरेल, क्षेत्रीय सचिव विकास बस्नेत, कोषाध्यक्ष कलिका थापा र महिला संयोजक संगीता अधिकारी छन् ।

तपाईको प्रतिक्रिया