भौतिक पूर्वाधारबिना गुणस्तरीय शिक्षण सिकाइ नहुने : मन्त्री दुलाल

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

प्रदेश ३ का सामाजिक विकासमन्त्री युवराज दुलालले भौतिक पूर्वाधारबिना गुणस्तरीय शिक्षण सिकाइ हुन नसक्ने बताए ।

गत बुधबार कालिका हिमालयन माविको पुर्ननिर्माण सम्पन्न भइ हस्तान्तरण कार्यक्रममा मन्त्री दुलालले उक्त अभिव्यक्ति दिएका हुन् । प्रदेश सरकारले ‘एक विद्यालय एक नर्स’ कार्यक्रम लागू गरेको मन्त्री दुलालले बताए ।

एसियाली विकास बैंक (एडीबी) को १० करोड रूपैयाँ सहयोगमा विद्यालयको सात कोठे भवन र एक शौचालय निर्माण गरिएको छ । विद्यालय बिकोई र सुर्यचन्द्र कन्स्ट्रक्सन जेभिले निर्माण गरेका हुन् ।

यसैगरी निर्माण कम्पनी सुर्यचन्द्र कन्स्ट्रक्सनका प्रवन्ध निर्देशक जनार्दन ढकालले आजदेखि निर्माण पूरा भएको भन्दै विद्यालयको साँचो मन्त्रीलाई हस्तान्तरण गरेका थिए भने सोही साँचो मन्त्रीले विद्यालय व्यवस्थापन समिति र प्राधानाध्यापकलाई हस्तान्तरण गरे ।

कार्यक्रममा कालिका गाउँपालिका अध्यक्ष सीता अधिकारी, वडा नं. २ का वडाध्यक्ष विक्रम लोप्चन, प्रदेश सांसद शान्ति थिङ, जिल्ला समन्वय प्रमुख कुलप्रसाद भट्ट, नेकपा जिल्ला अध्यक्ष कर्नेल लामा, शिक्षा आयोजनाका इन्जिनियर अशोक अधिकारी, नेकपा रसुवाका नेता अशोक घिमिरे लगायतले शुभकामना दिएका थिए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया