शनिबार बालाजु माछापोखरीबाट पक्राउ गरेका ८ जनालाई आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंले सार्वजनिक गरेको छ ।
परिसर काठमाडौंमा पत्रकार सम्मेलन गरी लुटपाटमा संलग्न रहेको भन्दै सार्वजनिक गरेका हुन् ।
पक्राउ पर्नेमा रसुवाका योर्साङ घले, नेपाली सेनाका भगौडा कुशल अधिकारी, रामबहादुर तामाङ, धर्मराज तामाङ, युवराज भण्डारी, विजय तामाङ, पिटर तामाङ र राजन तामाङ रहेका छन् ।
चाईनिज पेस्तोल २ थान, सोको म्यागजिङग २ थान, ४ राउण्ड गोली, नक्कली सुन १ केजी, फलाम काटने औजार १ थान, लुटिएको पर्स, एटिएम कार्ड, मोवाईल थान २, लुटिएको कपडा लगायत पछाडी वोक्ने झोला १ थान, मोटरसाईकल १ थान ४ र मोवाईल ७ थान बरामद गरेको परिसरका एसपी अशोक सिंहले बताए ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1