टिभिएस टू-ह्वीलर्सको आधिकारिक वितरक जगदम्बा मोटर्स प्रा.लि.ले दशैको अवसरमा उपभोक्ता प्रवद्र्धन योजना ‘टिभिएस दशैंको दौड’ प्रारम्भ गरेको छ ।
कम्पनीले ग्राहकका लागि यो एक यस्तो उपहार योजना हो, जहाँ ग्राहकहरुले नगद पुरस्कारहरु जित्ने बहु–अवसरहरु प्राप्त गर्नेछन् ।
यो योजनामा सहभागी बन्न चाहने व्यक्तिले टिभीएसको वेबसाइटमा लग अन गर्नु पर्नेछ र त्यहाँ दिइएको स्थानमा आफ्नो विवरणहरु भर्नु पर्नेछ । यसरी प्रविष्ट गराउने व्यक्तिले बाइक नकिन्दा नै ५ हजारदेखि १ लाखसम्म नगद राशि जित्न सक्ने कम्पनीले जनाएको छ ।
यो रकम उक्त व्यक्तिले नेपालभर रहेको कुनै पनि टिभिएस शोरुमबाट टिभिएस टू–ह्वीलर किन्दा छुटको रुपमा प्राप्त गर्नेछ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1