क्यान्सर पीडित कमलालाई सात लाख सहयोग

सैलुङअनलाइन संवाददाता
काठमाडाैं
PHOTO:

ब्लड क्यान्सरका पीडित कमला प्रधान (तामाङ) बचाउ अभियानले बिरामी कमलालाई ७ लाख ३७ हजार ३२ रुपैयाँ सहयोग राशी हस्तान्तरण गरेको छ ।

अभियानले शनिबार काठमाडौं जोरपाटीमा ओयोजित बृहत सांस्कृतिक कार्यक्रम बीच बिरामीका श्रीमान अनिस तामाङलाई उक्त रकम हस्तान्तरण गरेका हुन् ।

नेपाल अञ्जना क्रियसन र दुप्चेश्वर मिडियाको सहआयोजनमा भएको सांस्कृतिक कार्यक्रममा विदेशबाट समेत सहयोग प्राप्त भएको थियो ।

कमलाको सहयोगार्थ सांस्कृतिक कार्यक्रम आयोजना गरिएको अभियानका संयोजक बैरागी मोक्तानले जानकारी दिए । मोक्तानले अभियान कमलाको उपचार नहुन्जेल निरन्तर जारी रहने बताए ।

रामेछाप लिखु तामाकोशी गाउँपालिका- ५ की कमला विगत ६ महिनादेखि बिरामी भइ उपचाररत छन् । बिरामीका एक छोरा छन् ।

आर्थिक अवस्था कमजोर भएकोले उपचार गर्न नसक्दा सहयोग माग्न बाध्य भएको बिरामीका श्रीमान अनिसले बताए । ‘अहिले किमो थेरापी चलिरहेको छ,’ उनले भने, ‘तपाईहरुको सहयोगले पैसा जुटेमा ब्लड नै फेर्ने योजनामा छु । ब्लड फेर्नका लागि कम्तिमा १५-१६ लाख चाहिन्छ ।’

कार्यक्रममा राष्ट्रियस्तरका तामाङ कलाकारहरुले आफ्ना प्रस्तुति पस्किए । उनीहरुले आफ्नो कलामार्फत् सहयोग गर्ने जनाए । कार्यक्रममा बिपुल शिक्षा निकेतनको प्रायोजन रहेको थियो ।

तपाईको प्रतिक्रिया