तामाङ समाज ख्यङ्साङ् बुसानको अध्यक्षमा सुजित घिसिङ

महासचिव र कोषाध्यक्ष पुनः चयन भए

अमिर योञ्जन संवाददाता
दक्षिण कोरिया
तामाङ समाज ख्यङ्साङ् बुसान
PHOTO: तामाङ समाज ख्यङ्साङ् बुसान

तामाङ समाज ख्यङ्साङ् बुसान दक्षिण कोरियाको दोस्रो अधिवेशनले बरिष्ठ उपाध्यक्ष सुजित घिसिङलाई अध्यक्षमा चयन गरेको छ । घिसिङको अध्यक्षतामा २९ सदस्यीय कार्यसमिति चयन भएका छन् ।

आइतबार ख्यङ्साङ्नाम्दो किम्हेमा भएको अधिवेशनले नयाँ कार्यसमिति चयन गरेको हो । सन् २०१८ मा स्थापना भएको समाज पहिलो कार्यसमितिको अध्यक्ष विश्वास ब्लोन नेपाल फर्किएपछि लगभग ६ महिनादेखि यता बरिष्ठ उपाध्यक्ष सुजित घिसिङले कार्यबाहक अध्यक्षमा रही समाज समालिरहेको थियो । सबै कार्यसमिति पदाधिकारी निर्विरोध चयन भएको हो ।

कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा धनराज तामाङ, उपाध्यक्ष मान कुमार तामाङ, सन्त तामाङ, राम तामाङ, राज तामाङ, तिलक तामाङ, सोनाम पाल्मो मम्बा र महासचिवमा सोम योञ्जन चयन भएका छन् । त्यस्तै सचिवमा आकाश घिसिङ, जिन्लप तामाङ, पेम्बा तामाङ, सुकराज तामाङ, सोमबीर तामाङ, जुलिफा तामाङ र कोषाध्यक्ष संजिका लोप्चन, सह–कोषाध्यक्ष युपक लामा तामाङ चयन गरेका छन् । महासचिव योञ्जन र कोषाध्यक्ष लोप्चन पुनः सोही पदमा चयन भएका छन् ।

सदस्यहरुमा पुजन पाख्रिन, सुमन लो तामाङ, पासाङ तामाङ (कर्म), बिशाल तामाङ, धनजित तामाङ, रुपेश लामा तामाङ, प्रबिन तामाङ, उषा तामाङ, सम्झना तामाङ, सोभा स्याङतान, कासी माया तामाङ, पार्वती वाइबा चयन भएका छन् ।

अधिवेशनले समाजको नाम ‘तामाङ समाज ख्यङ्साङ् बुसान’ राखिएको छ । यसअघि तामाङ समाज ख्यङ्साङ्नाम्दो बुसान रहेको थियो ।

‘भाषा, कला, संस्कार र संस्कृति हाम्रो शान’, ‘विश्व भरिको तामाङ एकता हाम्रो अभियान ।’ भन्ने मूल नाराका साथ अधिवेशन सम्पन्न गरेको छ ।
अधिवेशनमा कोषाध्यक्ष सञ्जिका लोप्चनल एक कार्यकालको आर्थिक विवरण प्रस्तुत गरेका थिए । त्यस्तै समाजले एक कार्यकालमा गरेका ल्होछार पर्व कार्यक्रम, बुद्ध जयन्ती फुटसल प्रतियोगितालगायत विभिन्न ९ वटा कार्यक्रमहरु गरेको गतिविधि महासचिव सोम योञ्जनले प्रस्तुत गरेको थियो ।

अधिवेशनको निर्वाचन समितिको संयोजक तपस तामाङ  र सदस्यहरूमा राना तामाङ, नानुमाया तामाङ, हरि तामाङ, रवि लामा गरी पाँच सदस्यीय समिति गठन गरेको थियो ।

कार्यक्रममा प्रमुख अथिति नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका अध्यक्ष युगेल तेन्ढुप शेर्पा, विशेष अथिति एनआरएनका अध्यक्ष पदका उम्मेदवार यज्ञाराज सुवेदी, नेपाल तामाङ संघ दक्षिण कोरियाका अध्यक्ष मेघप्रसाद वाइबा, नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाका उपाध्यक्ष तथा एनआरएनका उपाध्यक्ष पदका उम्मेदवार सोम वाइबा तामाङ, एनआरएनका ख्यङ्साङ्का शाखाका अध्यक्ष वेलमान थापा मगर, एनसीसी बुसानका उपाध्यक्ष विपिन्द्र राईलगायत जातिय संस्थाहरुको र अन्य संघ संस्थाहरुको प्रतिनिधिहरु उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया