नवरसका साथ महाकाली नाच

सैलुङअनलाइन
सैलुङअनलाइन
0 Shares
काठमाडाैं

असत्यमाथि सत्यको जित देखाउने भक्तपुरको महाकाली नाच येँया पुन्ही ‘इन्द्रजात्रा’का लागि काठमाडौँ आउने तयारी पूरा भइसकेको छ । यसैका निम्ति भक्तपुरको ‘महाकाली प्याखँ’लगायत विभिन्न समूह महाकाली नाचको तयारी गर्दैछन् ।

काठमाडौँमा यः सिं ‘इन्द्रध्वजा’ ठड्याएपछि येँया पुन्ही सुरु हुन्छ । अन्तिम दिनसम्मै महाकाली नाच चल्ने गर्छ । रथयात्राका क्रममा कुमारी, गणेश र भैरवले तीन दिन सहर परिक्रमा गर्छन् । यी तीन दिन भगवान्को आग्रहअनुसार महाकाली नाच प्रदर्शन गरिने महाकाली नाचका मूल नाइके तुल्सीनारायण दण्डेख्याले जानकारी दिए।

भक्तपुरको महाकाली नाच पुरातत्त्व विभागमा दर्ता छ । पहिले त्यसमा छवटा टोली थिए भने अहिले हाल चारवटा समूह छन् । त्यसमा मुस्याखः समूहसहित गः हिटको ‘व्यञ्जु’, वंश गोपालस्थित ‘खबुर्जा’ र चासुकेलस्थित ‘दण्डेख्याः’ समूह पर्छन् । भोटेबहालस्थित खैजु समूह र जगातेनजिकै भातेधुगुरीस्थित ‘दैवग्य’ समूह भने लोप भइसकेका छन् ।

आर्थिक अभाव र नाचको समूह ठुलो भएकाले व्यवस्थापन गर्न गाह्रो हुँदा लोप भएको बताइन्छ । इन्द्रजात्रासहित यो नाच वर्षको तीनपटक देखाइने भन्दै मूल नाइके दण्डेख्याले थपे, “भक्तपुरको गाईजात्रामा र दसैँको नवमीमा समूहकै नासः देव ‘नाट्यश्वर’लाई समर्पण गरेर नाच देखाउने चलन छ ।”

महाकाली नाच करिब दुई घन्टाको हुन्छ र त्यसमा पात्र विभिन्न तालमा नाच्छन् । महाकालीले ‘पर्ताल’, कुमारीले ‘चलती’, कवन्चाको ‘कवन्चा’, ख्याकले ‘धमाक’ तालमा नाच देखाउने उहाँले जानकारी दिए। यो अाजको गोरखापत्र दैनिकमा समाचार छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया