मिस तामाङ फेसन शो हुने

सैलुङअनलाइन संवाददाता
0 Shares
झापा

प्रदेश स्तरीय मिस तामाङका आयोजकले भदौ २४ गते फेसन शो गर्ने भएको छ । झापाको बिर्तामोडस्थित हब्बी स्विमिङ पुलमा हुने फेसन शो मा मिस तामाङको प्रतियोगिताहरुले आ-आफ्नो प्रस्तुति दिने छन् ।

कार्यक्रममा प्रथम नेपाल आइडल बुद्ध लामा र साउथ एसियन स्टार असुसेन लामा लगायतले फेशन शो पछि सांगीतिक प्रस्तुति दिने छन् । मिस तामाङ प्रतियोगिताको ग्राण्ड फिनाले भदौ २८ गते हुने आयोजकले जानकारी दिए ।

गत असारदेखि तामाङ समुदायको युवतीको व्यक्तित्व विकास, आन्तरिक प्रतिभाको प्रस्फुटन तथा भेषभुषा, संस्कार, संस्कृतिको उत्थान र प्रबर्द्धन गर्ने उदेश्यले १ नम्बर प्रदेशस्तरीय पहिलो मिस तामाङ प्रतियोगिता सञ्चालन गरेको छ ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका