प्रभु बैंक लिमिटेडले सुनसरीको बराहक्षेत्र नगरपालिका– ५ स्थित कालाबञ्जरमा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ ।
बैंकले सोमबार कालाबञ्जरमा एक कार्यक्रमका विच १ सय ९५ औं शाखा कार्यालय सञ्चालनमा ल्याएको हो ।
बैंकको शखा विस्तारसँगै सर्वसाधारणको घरआँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा पुग्ने विश्वास लिइएको छ ।
प्रभु बैंकले अहिले १ सय ९५ शाखा, २९ एक्टेन्सन काउण्टर, १९ शाखा रहित बैंकिङ्ग तथा १ सय ५२ एटीएम मर्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1