मनाङ परिवार दक्षिण कोरियाको आयोजनामा हुने सातौं तिलिचो कप फुटबल प्रतियोगिताको लागि २७ टिम दर्ता भएको छ । यी टिमहरूले उपाधीको लागि भिड्ने भएको हो ।
कोरियन चाड छुसकको पहिलो दिन, सेप्टेम्बर १२ तारिखमा आयोजना प्रतियोगिताको खेल तालिका आइतबार सउलमा एक कार्यक्रमका गरी सर्वाजनिक गरेको छ । खेलको लागि ३२ टिमले निवेदन दिए पनि औपचारिक रूपमा २७ टिमले दर्ता गरेको अध्यक्ष जेवी लामाले जनाकारी दिए । खेल नकआउट अनुसार खेलाइने बताएको छ ।
फुटबल प्रतियोगिता दोङ्गदुछनको फुटबल मैदानमा हुने आयोजकले बताएको छ । खेलमा विजेताले हुने टिमले ३० लाख वन, उपविजेताले १८ लाख वन सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजकले घोषणा गरेको छ ।
प्रतियोगिताको उद्घाटन खेल आयोजक मनाङ एफसीसँग फाजु एफसी बीच बिहान ७ बजे हुने बताएको छ ।
तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1