सिन्धुपाल्चोक लिसंखुपाखर-४,भुल्भुलेका यातायात दुर्घटनामा परि घाइते भएका नोर्बु लामालाई अन्दर्बुङ क्लब र युएईबाट आर्थिक सहयोग गरेको छ ।
घाइते लामालाई सोही वडाका अन्दर्बुङ प्रगतिशील युवा क्लबले ४ हजार रुपैयाँ र युएईमा रहेकी सोही वडाकी रोना लामाद्वारा संकलित ५० हजार रुपैया गरी ५४ हजार रुपैयाँ सहयोग वितरण गरेको हो । शनिबार भक्तपुरस्थित ड्रीम ल्यान्ड किचनमा एक कार्यक्रमका बीच सहयोग रकम हस्तान्तरण गरेको नोर्बु लामा बचाउ अभियानका संयोजक गौतम लामा जानकारी दिए ।
यातायात दुर्घटनामा परी घाइते भएका लामाको दुवै गर्दन र मेरुदण्डमा चोट लागेको र आर्थिक स्थिति कमजोर भएका कारण उपचार गर्न कठिनाइ भएपछि बिरामीका परिवारले आर्थिक सहयोगको अपिल गरेका थिए । परिवारका अनुसार लिसंखुपाखर-४,घ्याङ डाँडाका गौतम लामाको संयोजकत्वमा “नोर्बु लामा बचाउ अभियान” बनाई आर्थिक सहयोग संकलन गरेको थियो ।
यसअघि संयोजक लामाकै पहलमा २७ हजार रुपैयाँ सहयोग पाइसकेका बिरामीले हालसम्म ८१ हजार रुपैयाँ आर्थिक सहयोग पाएका छन् ।