लाङवुमा निशुल्क स्वास्थ्य परामर्श

सरस्वती न्याैपाने
सरस्वती न्याैपाने संवाददाता
0 Shares
रसुवा

नौकुन्ड गाउँपालिका–१ स्थित लाङबु गाउँमा स्वास्थ्य सम्वन्धी निशुल्क परामर्श दिएको छ ।

ईजिप्टको कायरो र काठमाडौ बालुवाटार स्थित रोट्रयाक्ट क्लव अफ मातृभुमि आईओएममार्फत निशुल्क स्वास्थ परामर्श सेवा दिएको हो ।

११ सदस्यीय चिकित्सक टोलीले स्थानीयलाई स्वास्थ्यमा सुधार ल्याई सहयोग पुर्याउने उद्देश्यले स्वास्थ्य परामर्श दिएको बताइएको छ ।

शिविरमा छाला, हाडजोर्नी, श्वासप्रश्वास, गानुगोला, नाक कान, घाँटी, आँखा र उच्च रक्तचाप सम्बन्धि चेक जाँच गरेका थिए । करिव ३ सय ५० जनालाई स्वास्थ्य सम्वन्धि परामर्श दिई औषधी समेत वितरण गरेको थियो ।

सडक सञ्जालले जोडिए तापनि स्वास्थ्य क्षेत्रमा पहुँच नपुगेको लाङ्वु गाउँमा परामर्श र उपचारले स्थानीय खुशी भएको नारायण मावि लाङ्वुका प्रधानाध्यापक जितमान घलेले बताए ।

तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

पत्रपत्रिका