लाङटाङ राष्ट्रिय निकुञ्ज कार्यालय रसुवाले वन्यजन्तुले बाली नोक्सान गरेको किसानलाई १ लाख १७ हजार क्षतिपूर्ति प्रदान गरेको छ ।
जिल्लाको उतरगया गाउँपालिका– ४ र ५ विमिरे, ढुङ्गे, मनिगाउँ, वनुवा, उपल्लोपौवा क्षेत्रका १३ किसानलाई उक्त रकम प्रदान गरेको हो ।
खेतबारीमा लगाईएका कृषि उपज निकुञ्ज क्षेत्रका जनावरले नोक्सान गरे बापत राहत कोषबाट क्षतिपुर्ति बापतको राहत रकम प्रदान गरेको निकुञ्जका वन प्राविधिक केशवराज भेटवालले जानकारी दिए ।
निकुञ्जमा वन्यजन्तुको संख्यमा बृद्वि भएसँगै आहाराको खोजीमा रातीको समयमा खेतीपाती लगाएको ठाउँमा नोक्सान पुर्याउदै गएको किसानहरूको भनाई छ ।
यस्तै वन्यजन्तुबाट बाली नोक्सान गरेबापत नगद १० हजार पाउनेमा कालिकाका ठाकुर थिङ तामाङ, मानवहादुर सिह वुलुन, किलादेवि लामिछाने रहेका छन् ।
८ हजार पाउनेमा बालकृष्ण वुलुन र शेरबहादुर वुलुन रहेका छन् । यसैगरी ७ हजार पाउनेमा गोविन्दप्रसाद आचार्य, तिलकुमारी आचायए र गणेशप्रसाद आचार्य रहेका छन् ।