नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ । मंगलबार दिउँसो १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल, मट्टीतेलमा २ रुपैयाँ मुल्य घटाएको छ ।
समायोजन भएको नयाँ मुल्य अनुसार काठमाडौंमा पेट्रोलको १०७ र डिजेल÷मट्टीतेलको ९५ रुपैयाँ प्रतिलिटर पर्दछ ।
यो मुल्य संरचना लागू भएदेखि हालसम्म २५ पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ भने १८ पट मुल्य बढ्ने गरी समायोजन भएको छ।