रसुवामा परिचयपत्रका लागि ५ सय २५ को दर्ता

सरस्वती न्याैपाने संवाददाता
रसुवा
PHOTO:

रसुवामा साउन १५ बाट भदौ २३ सम्म दर्ता गरेको राष्ट्रिय परिचयपत्रका लागि जिल्लाभरिबाट ५ सय २५ ले दर्ता गराएका छन् ।

सरकारको निति तथा कार्यक्रम अनुसार रसुवाका नागरिकलाई पनि राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ । गत जेठ १७ गते अन्तक्रिया मार्फत राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले जानकारी गरापश्चात साउन १५ गतेबाट राष्ट्रिय परिचय पत्र वितरण कार्य सुरु गरिएको हो ।

परिचयपत्र लिनका लागि नेपाली नागरिकता, बाबुआमा/हजुरबा/पतिपत्नीको सक्कल नागरिकता, डिजिटल तस्बिर, डिजिटल हस्ताक्षर लगायत विवरण उपलब्ध गराउनु पर्ने व्यवस्थापन कक्षका प्रमुख सुमन अधिकारीले जानकारी दिए ।

विभागका निर्देशक चोमेन्द्र न्यौपानेका अनुसार विवरण अध्यावधिकका लागी जिल्लाका विभिन्न १० स्थानबाट नागरिकलाई सेवा दिनेछ ।

सरकारी कामकाज, मतदान, रोजगारी लगायतका काममा परिचयपत्रको प्रयोग गर्न सकिने प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।

तपाईको प्रतिक्रिया